कांग्रेस अनुशासन समितिको आग्रह- ‘चैतभित्र उजुरी दिनु’

कांग्रेस अनुशासन समितिको आग्रह- ‘चैतभित्र उजुरी दिनु’


नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम, कारवाही र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाही र गतिविधिका विरुद्धमा प्रमाणसहित उजुरी दिन म्याद तोकेको छ । २०७५ चैत्र मसान्तभित्र प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानवीन गरी निर्णय गर्ने जनाएको छ  ।

समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङ्गदम्वेको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरेको छ ।

बैठकका विषयमा मंगलबार प्रेस वक्तव्य सावृजनिक गर्दै समितिले पार्टी हितविपरित हुने कुनै पनि विषयबस्तु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको भेटिएमा समेत नियमावलीअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

Logo