आईपीएल: सन्दीपको टिम दिल्ली र चेन्नई खेल्दै

आईपीएल: सन्दीपको टिम दिल्ली र चेन्नई खेल्दै


इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबार नेपाली बलर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दैछन् । खेल दिल्लीमा नेपाली समय अनुसार बेलुकी सवा ८ :१५ बजे हुनेछ ।

यी दुवै टिमले पहिलो खेल जितेका थिए। पहिलो खेलमा दिल्लीले मुम्बइ इण्डियन्सलाई ३७ रन र चेन्नाइले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ७ विकेटले हराएका थिए । पहिलो खेलमा बेञ्चमै रहेका  सन्दीप मंगलबारको खेलमा पनि टिममा पर्ने नपर्नेटुंगो छैन।  पहिलो राउन्डको खेल सकिदा दिल्ली क्यापिटल्स अंक तालिकाको पहिलो स्थानमा रहेको छ ।

यसैबीच सोमबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले हराउँदै प्रतियोगितामा विजय सुरुवात गरेको छ।

Logo