आईपीएलमा आज किङ्स–११ पन्जाब र राजस्थान रोयल्स भिड्दै

आईपीएलमा आज किङ्स–११ पन्जाब र राजस्थान रोयल्स भिड्दै


इण्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज (सोमबार) किङ्स–११ पन्जाब र राजस्थान रोयल्सबीच खेल हुँदैछ । खेल बेलुका सवा ८ बजे मानसिङ स्टेडियम जयपुरमा हुनेछ ।

राजस्थान अर्जिक्या रहानेको कप्तानीमा छ भने किङ्स–११ रविचन्द्रन आश्विनको कप्तानीमा रहेको छ  । गत संस्करणको आईपीएलमा दुवै टिमले अपेक्षाकृत नतिजा निकाल्न सकेको थिएन ।

यसअघि आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्समाथि ३७ रनको जित निकालेको थियो ।

Logo