काठमाडौंका प्रत्येक कलेजमा किन जाँदैछ ‘भद्रगोल’ टिम ? (भिडियोमा)

काठमाडौंका प्रत्येक कलेजमा किन जाँदैछ ‘भद्रगोल’ टिम ? (भिडियोमा)


काठमाडौं । चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने क्रममा छ । धुर्मुस-सुन्तली फाउण्डेशनको पहलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण भईरहेको हो । यसको लागि आर्थिक सहयोग संकलन भईरहेको छ ।

क्रिकेट रंगशालाका लागि चर्चित हास्य कार्यक्रम भद्रगोलको सम्पुर्ण टिम पनि सक्रिय रुपमा लागेको छ । काठमाडौंका प्रत्येक कलेजमा रंगशाला निर्माणार्थ सहयोग जुटाउनका लागि भद्रगोलको सम्पुर्ण टोली नै खटिएको छ । आज रत्न राज्य लक्ष्मी क्याम्पसमा उनीहरुले रंगशाला निर्माणार्थ सहयोग कार्यक्रमको आयोजना गरे ।

कार्यक्रममा भद्रगोलका कुमार कट्टेल अर्थात जिग्री, अर्जुन घिमिरे (पाँडे), सुवोध गौतम, कमल मणि नेपाल, गोविन्द कोइराला (जयन्ते), दिपक आचार्य (काकु) लगायत भद्रगोल टिमका कलाकारहरुको उपस्थिति रहेको थियो । रंगशाला निर्माणार्थ सहयोग जुटाउन उपत्यकाका सम्पुर्ण कलेजहरुमा जाने कार्यक्रम रहेको भद्रगोल टिमले जनाएको छ । बाँकी भिडियोमाः

Logo