साङ्लो मार्न गोली चलाए, लाग्यो आफैलाई

साङ्लो मार्न गोली चलाए, लाग्यो आफैलाई


एजेन्सी । अमेरिकाको मिशिगनका एक व्यक्तिले साङ्लो हिडिरहेको देखे । अनी उनले त्यसलाई मार्ने सोच बनाए । जुत्ताभित्र रहेको साङ्लो मार्न जुत्ता नै फ्याके । साङ्लो जुत्ताबाट बाहिर निस्कियो र भाग्यो तर नजिकै रहेको पेस्तोलमा जुत्ता ठोक्किन पुग्यो ।

लोडेड पेस्तोल अटोमेटिक चलेर उनलाई नै लाग्यो । ति व्यक्तिको परिचय खुलाईएको छैन । यस्तो दुर्घटना पहिले पनि भएको थियो । २०१६ मा एक व्यक्तिले साङ्ला मार्नको लागि आफ्नो घरका फर्किचरलाई मदिराले पखालेका थिए ।

त्यसपछि उनी त्यही फर्निचरमा बसेर चुरोट पिउँदै गर्दा मदिरामा आगो लागेर पूरै घरमा आगो लागेको थियो । त्यस्तै २०१५ मा पनि एक महिलाले साङ्लो मार्न आगो र मदिराको प्रयोग गर्दा घरमा आगलागी भएको थियो ।

Logo