तराईमा आज हर्षोल्लासका साथ होली मनाईंदै

तराईमा आज हर्षोल्लासका साथ होली मनाईंदै


काठमाडौं

तराईका जिल्लामा आज धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ ।

होली मनाइने तराईका जिल्लाहरुमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा भने बुधबार होली मनाइएको थियो । तराईका बासिन्दाको बसोबास रहेका काठमाडौंसहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।

होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पु¥याउँछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

Skip This
Logo