साफ महिला च्याम्पियन्सीप: नेपाल र श्रीलंका भिड्दै

साफ महिला च्याम्पियन्सीप: नेपाल र श्रीलंका भिड्दै


विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीपमा आज पहिलो सेमीफाइनलमा श्रीलंका र नेपालबीच खेल हुदैछ ।

नेपाल समूह ए को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गर्दा श्रीलंका समूह बी को उप विजेता बनेको थियो ।  समूह चरणमा नेपालले भुटान र बंगलादेश माथि ३–० को जित निकाल्न सफल भएको थियो ।

नेपालले साफमा  तीनपटक उपविजेता बनिसकेको टोली हो भने श्रीलंका दुइपटक साफको अन्तिम चारमा स्थान पक्का गरेको टोली हो । नेपाल र श्रीलंकाबीचको खेल विहान ११ बजेदेखि शुरु हुनेछ ।

बुधबार नै बंगलादेश र भारतबीच दोश्रो सेमीफाइनल हुनेछ। समूह बी बाट विजेता बनेको भारत र समूह ए को बंगलादेश उप विजेता बनेको थियो । दिउँसो ३ बजे हुने खेलमा साविक उपविजेता बंगलादेशलाई चारपटकको विजेता भारतको चुनौती रहनेछ।

साफमा दुवै टोलीबीच पाँच पटक भिडन्त भएको छ। जसमा भारतले चारपटक जित हात पारेको छ भने, एकपटक खेल गोलरहित बराबरीमा टुङगिएको छ।

Logo