काठमाडौं
प्रहरीले २ सय १३ केजी लागुऔषध चरेस र २ केजी २५० ग्राम अफिम बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको विशेष टोलीले सो लागुऔषध बरामद गरेको हो ।
ब्युरोका अनुसार डब्ल्युबी २३ बी ५८८५ नम्बरको भारतिय ट्रकमा लुकाइ–छिपाइ राखेको २ सय १३ केजी चरेस र २ केजी २५० ग्राम अफिम बरामद गरिएको हो । प्रहरीले चरेस र अफिम लैजाँदै गरेका २५ वर्षीय भारतीय नागरिक मेराज आलमलाई पनि पक्राउ गरेको छ । उनी सो ट्रकका चालक हुन् ।
उनलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो । ब्युरो प्रमुख डिआइजी ठुले राईका अनुसार सो लागुऔषध ट्रकको फल्स बटम भित्र लुकाई भारतबाट वीरगन्ज नाका हुँदै नेपाल ल्याइएको थियो । खाद्यपदार्थ बोकेर हेटौँडा सम्म आएको सो ट्रकमा धादिङ पुगेपछि लागुऔषध लोड गरिएको थियो ।
डिआइजी राईले भने, ‘यो ट्रक लागुऔषध तस्करीकै लागि बनाइएको जस्तो देखिन्छ । यसबाट विगतमा पनि लागुऔषध तस्करी हुने गरेको खुलेको छ । पछिल्लोपटक यसबाट दिल्लीमा उक्त लागुऔषध लैजाने तयारी गरिएको थियो ।’
नयाँ पत्रिकाबाट
प्रकाशित: ११ असार २०७५ ०७:०७ सोमबार