एउटै पर्दामा देखिदैं सारा र कार्तिक आर्यान

एउटै पर्दामा देखिदैं सारा र कार्तिक आर्यान


बलिउड अभिनेत्री सारा अलि खान र अभिनेता कार्तिक आर्यान एउटै पर्दामा देखिने भएका छन्।

साराले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा धमाकेदार इन्ट्रि गरेकी हुन् । डेब्यु फिल्म नै यति हिट भयो कि अहिले उनलाई फिल्मको ओइरो लागेको छ ।

सारा अभिनित दोस्रो फिल्म ‘सिम्बा’ ले पनि भारतीय बक्स अफिसमा धमाल नै मचायो । जसमा सारा र रणवीरको केमेस्ट्रिलाई दर्शकहरुले निकै रुचाए । छोटो समयमा नै लोकप्रियता कमाएपछि अहिले उनी फिल्मको मामलामा निकै चुजी भएकी छन् ।

एकपछि अर्को हिट फिल्म दिएकी सारासँग अहिले फिल्मको कुनै कमी छैन् । साराको बढ्दो लोकपिंयता देखेर शहीद उधम सिंहले उनको बायोपिकमा काम गर्नको लागि सारालाई प्रस्ताव गरेका थिए तर साराले यो प्रस्तावलाई स्वीकार गरिनन् ।

अहिले उनी इम्तियाज अलीको फिल्म ‘लभ आजकल २’ को सुटिङमा व्यस्त रहेकी छिन् । यस फिल्ममा सारा अलि खान उनको क्रश कार्तिक आर्यनसँग देखिने भएकी छिन् । त्यसैले यो फिल्मलाई लिएर उनी निकै उत्साहित भएकी हुन् ।

Logo