कृषि कार्यक्रममा प्रधानमन्त्रीको नयाँ घोषणा (भिडियोमा)

कृषि कार्यक्रममा प्रधानमन्त्रीको नयाँ घोषणा (भिडियोमा)


राष्ट्रिय किसान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै किसानहरुलाई अर्गानीक तरिकाबाट कृषि गर्न अनुरोध गरेका छन् ।

विदेशमा नेपाली जनशक्ति धेरै गईरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमै रहेर कृषिमा लागे विदेशमा कमाउने रकम नेपालमै आम्दानी हुन सक्ने बताएका हुन् ।

उत्पादित भएका वस्तुहरु पेट भर्नको लागि मात्र नभएर स्वास्थ्यको लागि महत्वपुर्ण हुने पनि उनले बताएका छन् । स्वस्थ्यको लागि स्वदेशमै उत्पादित वूस्तुहरु खान छोडेर नेपालीहरु वास्नाको पछाडि दौडिरहेको पनि उनले बताए ।

नेपालमा खाद्यान र खाद्य उत्पादन गर्ने स्थानको कमी नरहेको बताउँदै प्रधानमन्त्री ओलीले गर्न सके स्वेदशमा उत्पादित खाद्यान्नले सबै नेपालीहरुलाई पुग्ने बताएका हुन् ।

विदेशमा खर्च गर्ने श्रम नेपालको कृषिमा खर्च गर्न सके कुनै नेपालीहरुले पनि खाद्यान्नबाट बञ्चित हुनुनपर्ने उनको भनाई थियो ।

 

Logo