सीके राउतसँगको सहमतिबारे प्रष्ट पार्न कांग्रेसको माग

सीके राउतसँगको सहमतिबारे प्रष्ट पार्न कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सीके राउतसँग गरेको सहमतिबारे प्रष्ट पार्न माग गरेका छन् । राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग गरेको सहमतिमा प्रयोग भएका केही शब्दलाई प्रष्ट पार्न सरकारसँग माग गरेका हुन् ।

सरकारले राउतसँग गरेको ११ बुँदे सहमति गरेपछि प्रवक्ता शर्माले ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रष्ट पार्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गरिएको सम्झौतामा पत्रमा गृहमन्त्री राबहादुर थापा र गठबन्धनका संयोजक राउतले हस्ताक्षर गरेका छन्।

राउतले मधेशलाई छुट्टै देश बनाउने अभियान छाडेर आफू राजनीतिको मूल प्रवाहमा आएको र जनताको आकांक्षा लोकतान्त्रिक विधिमार्फत पूरा गर्न आफू सहमत रहेको बताए।

प्रवक्ता शर्माले सहमतिको चौथो बुँदालाई मुर्त ब्याख्या दिन आग्रह गरे । उनले सम्झौतामा प्रयोग भएका ‘जन अभिमतमा आधारित लोकतान्त्रिक विधि’ र ‘स्वायत्तता र स्वशासनको अधिकार आत्मसात गर्न’ भन्ने शब्दलाई व्याख्या गर्न सुझाएका हुन् ।

Logo