नेपालमा आज १ हजार ३८२ जनामा कोरोना पुष्टि

नेपालमा आज १ हजार ३८२ जनामा कोरोना पुष्टि


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ जना पुगेको छ । आज १ हजार ३८२ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ६२१ रहेको छ ।

आजको पिसिआर परीक्षण ८ हजार ९४७ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ९९ हजार ६८६ रहेको छ । आज १२ हजार ६८६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज ५९४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९१ हजार १८४ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार २९७ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार १७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १३ हजार ४२६ पुगेको छ ।

Logo