विनोद चौधरीको छलाङ, एक वर्षमै बढ्यो २२ अर्ब सम्पत्ति

विनोद चौधरीको छलाङ, एक वर्षमै बढ्यो २२ अर्ब सम्पत्ति


काठमाडौं । नेपालका एकमात्र अर्बपति विनोद चौधरीले एकै वर्षमा २२ अर्ब सम्पत्ति जोडेका छन् । सन २०१८ सम्ममा १ खर्ब ७० अर्बमा मालिक चौधरी सन २०१९ मा २० करोड डलर बढाएर १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति जोडेका छन् । यसहिसाबले उनले एक वर्षमै २० करोड डलर अर्थात २२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ थप कमाएका छन् ।

अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा उक्लिएका छन् । चौधरी यो वर्ष गत वर्षभन्दा २१२ स्थान माथि उक्लिए हुन् । गत वर्ष उनी फोर्ब्सको अर्वपतिको सूचीमा १५६१ औं स्थानमा थिए ।

फोब्र्सले यसवर्ष २ हजार १५३ डलर अर्बपतिको सूचि सार्वजनिक गरेको छ । चौधरी ग्रुप (सीजी) का प्रमुख रहेका चौधरीको समूहले नेपालमा नबिल बैंक पनि सञ्चाल गर्दै आएको छ । उनले विद्युत, व्यापार र होटल क्षेत्रमा समेत लगानी गर्दै आएका छन् ।

त्यस्तै चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा चर्चित छ । त्यस्तै चौधरी ग्रुपसँग २९ वटा होटल छन् ।

उनका छोराहरुमध्ये निर्वाणले नेपालमा बसेर चौधरीलाई सघाउँछन् भने वरुण र राहुलले नेपालबाहिर बसेर बिजनेस हेर्छन् । उनी हाल नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद पनि हुन् ।

भारतीय अर्बपति मुकेस अम्बानी भने संसारकै १३ औं धनीको सूचिमा परेका छन् । ६० बिलियन डलर आम्दानी रहेका अम्बानी तेल, ग्यास, रिलायन्स कम्पनी लगायत क्षेत्रमा लगानी गर्दै आएका छन् ।

Logo