“म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन”- इमरान खान

“म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन”- इमरान खान


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् ।

यस वर्षको नोबेल शान्ति पुरस्कार उनलाई दिनुपर्ने आवाज उठिरहेका बखत इमरानको यस्तो भनाइ सार्वजनिक भएको हो । सोमबार ट्वीट गर्दै इमरानले आफूले नोबेल शान्ति पुरस्कार पाउनु पर्ने खालको काम नगरेको बताएका हुन्।

उनले लेखेका छन्- म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन। जसले कस्मिर जनताको इच्छाअनुसार त्यहाँको विवाद समाधान गरेर यो क्षेत्रमा शान्ति र मानव विकासको मार्ग प्रशस्त गर्ने मान्छे नै नोबेल शान्ति पुरस्कारको हकदार हुन्छ। प्रधानमन्त्री इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन पाकिस्तानीहरूले अनलाइन अभियान नै चलाएका थिए।

पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाको बमवारीपछि  पाकिस्तानले पनि भारत प्रशासित कस्मिर जवाफी हवाइ हमला गरेको थियो।त्यसपछि भएको भीडन्तमा  पाकिस्तानले एक जना भारतीय सेनाका पाइलटमा नियन्त्रणमा लिएको थियो।

फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि सुरू भएको यी दुई परमाणु राष्ट्रको तनाव पाइलट  अभिन्नदन वर्तमान पाकिस्तानी नियन्त्रणमा परेपछि झनै चुलिने अनुमान गरिएको थियो।

आमअनुमान विपरित पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेत स्वरूप आफ्नो सेनाको नियन्त्रणमा रहेका पाइलट भारतलाई बुझाइदिएका थिए । त्यसपछि उनको चौतर्फी वाहवाही भएको थियो ।

Logo