जनप्रतिनिधिहरुको बिचित्र अभ्यास, विदेश भ्रमण जान गोलाप्रथा

जनप्रतिनिधिहरुको बिचित्र अभ्यास, विदेश भ्रमण जान गोलाप्रथा


विदेश भ्रमणमा जानका लागि नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ ।

विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो ।

उपमहानगरमा आएको स्वीट्जरल्यान्ड, थाइल्यान्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगन्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए ।

‘जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौं’–वडाध्यक्ष राठौरले भने–‘उपप्रमुख उमा थापामगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।’ उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र कांग्रेस पार्टीमासमेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उनले बताए ।

गोलाप्रथाअनुसार उपप्रमुख थापामगर नै छनोटमा परेकी छन् । विदेश भ्रमणका लागि आएका १० ओटा कोटामध्ये नेकपा, कांग्रेस र राप्रपालाई क्रमशः तीन/तीन र एउटा फोरमको भागमा परेको थियो । कांग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिएपनि उपप्रमुखको ढिपीले कांग्रेसनिकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।

Logo