अन्य

एक आपसमा जुधेर एक गैंडाको मृत्यु

15 Shares

                                                              File Photo

नवलपुर । आपसमा जुधेर एक गैडा मृत फेला परेको छ । मध्यविन्दु नगरपालिका–२, सेहरी भुताहा क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जका दुई गैडा एक आपसमा जुध्दा एकको मृत्यु भएको हो ।

गैंडा संरक्षणका लागि राइनो गोल्डकप हुन लागेको अघिल्लो दिन गैंडा मृत फेला परेको हो । सेहरी भुताहा क्षेत्रको कासघारिमा दुई गैंडा आपसमा जुध्दा गैंडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत गैंडालाई अहिले कोल्हुवामा रहेको नेपाली सेनाको बटुक दल गणमा राखिएको छ । मृत गैंडाको पोष्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्ज कसराबाट चिकित्सकसहितको टोली नवलपुर आउँदैछ ।

 

प्रकाशित: १५ कार्तिक २०७५ १२:३२ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी