अष्ट्रेलियामा पीडित विद्यार्थीको समस्या समाधान गर्ने उपाय (उपायसहित)

अष्ट्रेलियामा पीडित विद्यार्थीको समस्या समाधान गर्ने उपाय (उपायसहित)


काठमाडौं । अष्ट्रेलियामा विचल्लीमा परेका नेपाली विद्यार्थीहरुको समस्या समाधानको प्रयास भईरहेको छ । सरकार तथा विभिन्न निकायले समस्यमा परेका १ हजार भन्दा बढी विद्यार्थीको उचित व्यवस्थापनको लागि पहल गरिरहेका हुन् ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) लगायत अन्य शैक्षिक परामर्श संघहरुले पनि समस्या समाधान गर्न विभिन्न पहल गरिरहेका छन् । अष्ट्रेलिया सरकारले अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) बन्द गराएपछि नेपाली विद्यार्थीहरु विचल्लीमा परेका छन् ।

उक्त समस्याको समाधान गर्न ईक्यान, एफ ईकोन, आईरिन र नायरले संयुक्त रुपमा पहल गरिरहेका हुन् । विद्यार्थीका समस्या समाधानको लागि भईरहेको पहलका विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा ईक्यान अध्यक्ष विष्णुहरी पाण्डेले विभिन्न निकायसँग समन्वय गरेर अघि बढिरहेको बताए ।

के के पहल भईरहेको छ त ?
नेपालस्थित शैक्षिक परामर्शदातृ कम्पनीका छाता संगठनहरु नेपाल शैक्षिक परामर्श संघ ईक्यान, एफ् इकोन, आईरिन र नायरले संयुक्त रुपमा समस्याको समाधानका निमित्त पहल गरि रहेका छन् । जसमाः

१. सम्बन्धित कलेजका जिम्मेवार अधिकारी हाल नेपालमा पनि रहेको हुँदा निजसँग नियमित सम्पर्क समन्वयमा रहँदै विद्यार्थीको विषयमा बुझ्ने कार्य भईरहेको र व्यवस्थापनको प्रयास भईरहेको छ ।

२. नेपाल सरकार शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय समक्ष समन्वय एवम अन्तक्रिया गरेको र समस्या समाधान नभए सम्म सोको निरन्तरता हुनेछ ।

३. नेपालस्थित सम्वन्धित कम्पनीहरुसँग निरन्तर समन्वय र संयोजन गरि समस्या समाधानमा उनीहरुलाई जिम्मेवार बनाउने प्रयास जारी रहेको छ र सम्बन्धित परामर्शदाता कम्पनीहरु पनि समस्यालाई गहन रुपमा लिँदै सो को समुचित समधान र व्यवस्थापनका लागि प्रयासरत रहेको बुझिएको छ ।

४. नेपालस्थित अष्ट्रेलियन दुतावाससँग नियमित सम्पर्क र समन्वयमा रहि समस्या समाधानमा पहल गरिरहेको छ ।

५. अष्ट्रेलियास्थित नेपाली दुतावास, समस्यामा परेका विद्यार्थीहरु, अन्तर्राष्ट्रिय विद्यार्थी संगठन, गैर आवासीय नेपाली संघ र अन्य परामर्श दाता कम्पनीहरुसँग नियमित सम्पर्क र समन्वय गर्दै समस्या समाधानको पहलकदमी भैरहेको छ ।

६. सम्बन्धित सबै सरोकारवालाहरुको संयुक्त प्रयासमा समस्याको समुचित समाधान उक्त कलेजको दर्ता खारेजबिरुद्ध अपिलको निश्कर्ष पश्चात तत्काल नै हुनेछ ।

समाधानका उपायः
एआईबिटी (AIBT) को दर्ता खारेजीको निर्णय भएको मिति १९ फेब्रुअरी २०१९ बाट २८ दिनभित्र उक्त कलेजले अपिल गर्न पाउने वैधानिक व्यवस्था छ । सोही बमोजिम कलेजले अपिल गरिसकेको छ । अपिल पश्चात कलेजको दर्ता खारेजी नभई दर्ता स्वीकृति (पुर्नवहाली) भएमा समस्या स्वतः समाधानको बाटोमा जानेछ ।

तर नर्सिङ विषयमा डिप्लोमा, एडभान्स डिप्लोमा अध्ययन गर्न गएका विद्यार्थीहरुको हकमा समस्या यथावत रहनेछ । त्यसको लागि विशेष व्यवस्था गरेर (ANMAC Accredited) एएनएमएनसी एकरिडेट कजेलहरुमा विद्यार्थीहरुले एआईबिटी मा पढेको जति विषयको Credit Transfer/ROL) क्रेडिट ट्रान्सफर/आरपिएल सहित स्थानान्तरण गराईदिन नेपाल सरकारले अष्ट्रेलिया सरकारले अनुरोध गर्नुपर्ने हुन्छ ।

दर्ता खारेजीको निर्णय यथावत रहेमा समस्याको वैकल्पिक समाधान खोजि गर्नुपर्ने शैक्षिक परामर्श दाताहरुको ठम्याई छ । त्यसको लागि समस्या समाधानका लागि अत्यन्तै सहयोगी व्यवस्था भनेको Tuition Protectioin Servide (TPS) ट्युसन प्रोटेक्सन सर्भिस हो । लागू हुन कलेज पूर्ण रुपमा बन्द भएको हुनुपर्नेछ । TPS लागू भएपछि उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सम्भव भएसम्म अर्को स्वीकृति प्राप्त कलेजमा स्थानान्तरण गराउने काम हुनेछ ।

जो विद्यार्थी अब अध्ययन गर्दिन् र स्वदेश फर्किन्छु भनेमा उनीहरुले कलेजलाई बुझाएको शुल्कमा अध्ययन अवधी बाँकी रहेको रहेछ भने बाँकी अवधीको शुल्क TPS ले फिर्ता गर्नेछ ।

नर्सिङ विषयमा डिप्लोमा वा एडभान्स डिप्लोमाको अध्ययन पुरा गर्ने अवस्थामा छन्, उनीहरुको हकमा हालसम्मको अध्ययनको मान्यता स्थानन्तरण हुने शिक्षण संस्था अनुसार फरक हुनेछ तर अहिलेकै अध्ययनले भने ANMAC मा दर्ता हुन नपाउने हुँदा उनीहरु समस्यामा पर्नेछन् । तसर्थ कलेज र अष्ट्रेलियन सरकारले संयुक्त रुपमा विद्यार्थीहरुको समुचित व्यवस्थापनको पहल गर्नुपर्ने नेपालका शैक्षिक परामर्शदाता कम्पनीहरुको माग छ ।

Logo