गृहमन्त्रीको उपलब्धिदेखि राजपाको प्रदर्शनसम्म

गृहमन्त्रीको उपलब्धिदेखि राजपाको प्रदर्शनसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

श्रीमतीका विषयमा पूर्व र हालका श्रीमानबीच बिच सडकै कुटाकुट

विराटनगरमा २ जनाबीच विच सडकै कुटाकुट भएको छ । एउटी महिलाका हालका र पूर्व पतिबीच नै कुटाकुट भएको हो । विराटनगर महानगरपालिका-१० सन्निहाटमा वसन्तकुमार श्रेष्ठ र कमल खत्रीबीच श्रीमतीको विषयलाई लिएर कुटाकुट भएको हो ।

रेणु दाहाल भ्रष्टाचारमा डुबेको उपमेरको आरोप (भिडियोमा)

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमाथि गम्भीर आरोप लागेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी छोरी समेत रहेकी मेयर दाहालमाथि गम्भीर आरोप लागेको हो । त्यो आरोप लगाउने अरु कोही नभएर भरतपुर महानगरकी उपमेयर पार्वती शाह हुन । उनले महानगरपालिकामा अनियमितता बढेको बताईन् । अनियमितता, भ्रष्टाचार जस्ता गतिविधि बढ्दा पनि मेयरले कुनै चाँसो नदिएको भन्दै रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको पनि बताइन् ।

जैस-ए-मोहम्मदको अखडा धवस्त पारिएको भारतको दावी

भारतले पाकिस्तानको आतंककारी समूह जैस-ए-मोहम्मदको आखडमा हमला गरिएको बताएको छ । उक्त आतंककारी समूहले फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना पाएपछि मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको प्रष्टिकरण दिएको हो । मंगलबार बिहान नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण गर्ने योजना बनाएको सूचना आएकाले उसका अखडामा आक्रमण गरिएको बताए ।

ट्रिपर निषेधदेखि जग्गा खरिदसम्म

गृहमन्त्री राम बहादुर थापा (बादल) ले गृह मन्त्रालय सम्हालेको एक बर्ष पूरा भएको छ । यसबीचमा शान्ती सुरक्षालाई चुनौती दिनेगरी भएका केही घटनाहरुका कारण गृहमन्त्री बादल र सरकारको काम कारवाहीमा नै प्रश्न चिन्ह खडा भयो ।

कतिपय अपराधिक काण्डहरुमा त गृहमन्त्री बादलको राजीनामा समेत मागियो । त्यसो त गृहमन्त्री बादलले भने बितेको एक बर्ष आफ्नो सिकाई र विकासको आधार बर्ष भएको बताएका छन् । यतिबेला सरकार र विषयगत मन्त्रालयहरुको समिक्षा गर्ने क्रम जारी छ । विगत एक बर्षमा गृहमन्त्री बादलले के कस्तो काम गरे त  ?

५ मिनेटको फरकमा २ पटक भूकम्पको धक्का

मंगलबार ५ मिनेटको फरकमा २ पटक भुकम्पको धक्का महशुस भएको छ।

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन- प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । उनले चुनावमा आफूहरुले गरेका बाचा पूरा नहुँदा सरकारप्रति जनताको दृष्टिकोण फरक आउन थालेको भन्दै यस विषयमा पाटी भित्र छलफल भईरहेको बताए । दुई तिहाईको सरकार हुँदा पनि जनताले अनुभूति गर्ने गरी काम नभएको उनको भनाइ छ ।

भारतको समर्थनमा राजपाको प्रदर्शन

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले भारतको समर्थनमा बिरोध प्रदर्शन गरेको छ । राजपाले ‘आतंकवाद विरूद्धको लडाइँमा भारत हामी तिम्रो साथमा छौं’ भन्ने ब्यानरसहित मोटरसाइकल र्‍याली निकालेको हो । मोटरसाइकल र्‍यालीपछि आयोजित कोणसभामा राजपा नेपालका महासचिव राजेशमान सिंहले सम्बोधन गरेका थिए।

बृद्ध दम्पतिको ज्यूँदै जलाएर हत्या

सन्दीप लामिछानेलाई ‘ब्रेकथ्रु स्टार’ अवार्ड

शिवमको आइपीओमा माग भन्दा बढी आवेदन, आज अन्तिम दिन

अन्ततः स्ववियु निर्वाचन फागुनमा नहुने पक्का

अस्ट्रेलियाको समुन्द्रमा फेरि नेपाली विद्यार्थी बेपत्ता

‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित

कांग्रेस कार्यालयमा नेविसंघको धर्ना

तपाईलाई निरोगी बनाउने ७ सुत्र

संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल भारतभन्दा अघि

पाकिस्तानमाथि भारतको हमला, सिमानामा १ हजार किलोको बम प्रहार

ओस्कर पार्टीमा निक र प्रियंकाको जबरजस्त लुक्स

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo