श्रीमतीका विषयमा पूर्व र हालका श्रीमानबीच बिच सडकै कुटाकुट

श्रीमतीका विषयमा पूर्व र हालका श्रीमानबीच बिच सडकै कुटाकुट


विराटनगर । विराटनगरमा २ जनाबीच विच सडकै कुटाकुट भएको छ । एउटी महिलाका हालका र पूर्व पतिबीच नै कुटाकुट भएको हो । विराटनगर महानगरपालिका-१० सन्निहाटमा वसन्तकुमार श्रेष्ठ र कमल खत्रीबीच श्रीमतीको विषयलाई लिएर कुटाकुट भएको हो ।

बसन्तले २०६० सालमा कमलवती कार्कीसँग प्रेम विवाह गरेका थिए । करिब १५ वर्षपछि उनीहरुको केही समय अगाडि डिभोर्स भएको थियो । डिभोर्सपछि कमलवतीले स्थानीय कमल खत्रीसँग बिहे गरेकी थिईन् । तर सोमबार बिहान सन्निहाटको एउटा चिया पसलमा दुवै जनाबीच भेट भएपछि मुक्का हानाहान नै भएको हो ।

उनीहरुबीचको झगडाले एक छिन स्थानीय सडक नै अवरुद्ध भएको थियो । पछि स्थानीयले दुवैजनालाई छुटाएका थिए । सुरुमा बसन्तले नै कमललाई हात हालेका थिए। त्यसपछि कमलले वसन्तलाई हातपात गरेका हुन् । एक महिलाका पारपाचुके गरिसकेका श्रीमान र वर्तमान श्रीमानबीच सडकमै मुक्का हानाहान भएको सायद यो पहिलो घटना हो ।

Logo