सन्दीप लामिछानेलाई ‘ब्रेकथ्रु स्टार’ अवार्ड

सन्दीप लामिछानेलाई ‘ब्रेकथ्रु स्टार’ अवार्ड


नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् ।

सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले ‘ब्रेकथ्रु स्टार’ अवार्ड पाएका हुन् । सिपिएलमा उनले सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्सबाट खेलेका थिए । उनी पाँच हजार अमेरिकी डलरमा क्लबमा आबद्ध भएका थिए । उनले पाँच खेलमा सात विकेट लिएका थिए ।

अहिले सन्दीप पाकिस्तान सुपरलिगका लागि युएईमा छन् । सन्दीपले अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका छन् ।

Logo