ब्लूमबर्ग हेल्दियस्ट कन्ट्रि इन्डेक्सले संसारभरका १ सय ६९ देशको स्वास्थ्य सम्बन्धी मूल्यांकन गरेर यो सूची तयार पारेको थियो । "/>

संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल भारतभन्दा अघि

संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल भारतभन्दा अघि


काठमाडौं । संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल एक सय दशौं स्थानमा परेको छ । ब्लूमबर्ग हेल्दियस्ट कन्ट्रि इन्डेक्सले संसारभरका १ सय ६९ देशको स्वास्थ्य सम्बन्धी मूल्यांकन गरेर यो सूची तयार पारेको थियो ।

उक्त सूचीको पहिलो स्थानमा स्पेन परेको छ । त्यस्तै इटलीले दोस्रो स्थान ओगटेको छ । आइसल्याण्ड, जापान र स्विटजरल्याण्ड क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

दक्षिण एशियाली देशमा श्रीलङ्का ६६ औं स्थानमा, बंगलादेश ९१ औं स्थानमा परेका छन् । दक्षिण एशियाको सबैभन्दा शक्तिशाली राष्ट्र भारत भने नेपालभन्दा पछि परेको छ ।

भारत नेपालभन्दा ९ स्थाल पछि ११९ औं स्थानमा छ । त्यस्तै चीन ५२ औं स्थानमा परेको छ । चीन २०१७ मा ५५ औं स्थानमा थियो । २०१८ मा तीन स्थान उक्लँदै ५२ औं नम्बरमा पर्न सफल भएको हो ।

यसमा विभिन्न तथ्यलाई ध्यानमा राखेर सूची तयार गरिएको छ । जसमा जनताको समग्र स्वास्थ्य अवस्थाबाहेक संक्रमित र गैर–संक्रमित रोगबाट हुने मृत्यु र औसत आयुलगायत विश्लेषण गरिएको थियो ।

Logo