युवा ज्योतिष हरिहरको ‘शुभ लभ’ को ट्रेलर सार्वजनिक

युवा ज्योतिष हरिहरको ‘शुभ लभ’ को ट्रेलर सार्वजनिक


युवा ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभ लभ’ को ट्रेलर सार्वजनिक भएको छ । अधिकारीले चलचित्र शुभ लभबाट सिने क्षेत्रमा डेब्यु गर्दैछन् ।

लभस्टोरी जनारामा निर्माण भएको यस चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा हरिहरसँगै राजाराम पौडेल, सरोज खनाल, रबिन्द्र झा, राजेन्द्र पोखरेल, प्रदिप बास्तोला, सुर्य थापा, नम्रता सिमखडा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

२ मिनेट २५ सिकेण्ड लामो टे«लरमा ज्योतिष हरिहरले आफ्नो ज्योतिष पेसालाई नै अंगालेको देख्न सकिन्छ । धर्मराज शर्मा सुबेदीले निर्माण गरेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, हरिहर अधिकारीको कथा र रामजी लामिछानेको कोरियोग्रार्फी रहेको छ । यो चलचित्र चैत्र १५ गते देखि प्रर्दशन हुँदैछ ।

Logo