साङ्गयोङ्ग मोटर्सको शोरुम अब पोखराको उत्तमचोकमा

साङ्गयोङ्ग मोटर्सको शोरुम अब पोखराको उत्तमचोकमा


पोखरा । आइ.एम.एस ग्रुसको आधिकारीक बिक्रेताको रुपमा नेपालमा साङ्गयोङ्ग मोटर्सले आफ्नो शोरुम पोखरामा पनि विस्तार गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको हो ।

कार्यक्रमका प्रमुख अथिति अर्थ तथा योजना मन्त्रालयका किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइ.एम.एस ग्रुपका अध्यक्ष दिपक मलहोत्रा प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइ.एम .एस मोटर्सका निर्देशक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका छन् ।

स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रा.लि.पोखराको नयाँबजारमा अवस्थित रहेको छ । सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोटर्सले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र जेएरो मेन्टनेन्स् मूल्य” योजना पोखराका ग्राहकहरुका लागी भारी छुटका साथ प्रदान गर्ने भएको छ ।

यो योजनाको ग्राहकहरुले असिमित लाभ उठाउन सक्ने छन् । त्यसका अलावा साङ्गयोङ्ग मोटर्सले गाडिको खरिदमा विभिन्न प्रकारको अफरको व्यवस्था गरेको छ । जसमाः

गाडीको खरिदमा २ वर्षको मेन्टनेस् खर्च निःशुल्क गरिनेछ । त्यस्तै स्पेश मूल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था, झन्झ्ट मुक्त तरिकाले बैङ्ग फाइनान्सिङको व्यवस्था (बेस्ट भ्यालुसेन ग्यारेन्टी )११.७२%), फ्रि रोड् ट्याक्स् (२०७५/२०७६), ६०,००० किलो मिटर सम्म तिनबर्षे वारेन्टी, ५ बर्ष सम्म फ्रि सर्भिसङि, गाडीका पार्टहरु सहुलियत दरमा प्राप्त गर्न सकिने, अन्य आवश्यक उपकरणहरु निशुल्क र प्रत्येक टेस्ट् ड्राइभमा उपहारको व्यवस्था गरिएको छ ।

साङ्गयोङ्ग मोटर्सको बारेमाः
साङ्गयोङ्ग मोटर्स् कोरियन लक्जरी एस्.यू.भि ब्राण्डको दक्षिण एसियाकै चौथो ठूलो अटोमोबिल निर्माण कम्पनी मध्येको एक हो । यो कम्पनीले सन् १९५४ देखि नै आफ्ना उत्पादनमा एड्भान्स् टेक्नोलोजी र स्टाइलका साथै इन्जिनको गुणस्तरमा विशेष ध्यान दिँदैं आएको छ । यसले विभिन्न किसिमका मोडेल, लाइनअपस्हरु लक्जरी कारमा, एस्यूभिएस्, पिक्प ट्रक र एम्पिभिएस्मा विशेष ध्यान दिएको छ ।

Logo