नेपाल vs युएई: युएईको १२ रनमै ४ विकेट चट

नेपाल vs युएई: युएईको १२ रनमै ४ विकेट चट


आइसीसी टी–२० महिला तथा एकदिवसिय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा अहिले नेपाल र युएईबीचको खेल भइरहेको छ ।

बैककमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जसमा नेपालले युएईविरुद्ध सुरुवात देखि नै दबाव दिन सफल भयो । युएईको १० रन हुँदा तीन विकेट झरेको छ ।

जसमा ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन । त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चाैथाे विकेट खेर फाल्याे ।

नेपालका लागि सुरुवातमा नै सिता रानामगर र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई दुई विकेट लिएका छन्  । खेल जारी छ।

Logo