नेपालमा सेक्स टोयको प्रयोग गर्ने पुरुषभन्दा महिला बढी !

नेपालमा सेक्स टोयको प्रयोग गर्ने पुरुषभन्दा महिला बढी !


काठमाडौं । पोखराका बसन्त सुवेदी र बसन्तीबीच २ बर्षअघि लभ म्यारिज भयो । तर, विवाह भएको २ वर्ष नबित्दै बसन्तलाई विदेश जानुपर्ने भयो । हाल रोजगारीको सिलसिलामा कोरियामा रहेका बसन्तको मनमा अनेकन कुरा खेल्यो ।

नयाँ दुलहीलाई छाडेर जानुपर्ने चिन्ता त छदै थियो । त्यसमाथि श्रीमान बिदेशिएका श्रीमतीहरुको अनेकन कुराले उनको मन पोलेको थियो । अन्ततः उनी ति अनेकन समस्या आउनुको एउटा प्रमुख कारण कुण्ठित यौन असन्तुष्टी हो भन्ने निक्र्याैलमा पुगे ।

त्यसपछि उनले श्रीमतीसँग सहजै कुरा राखे । “शुरुमा त उनले चरित्रमाथि शंका गरेको भनेर झगडा गरिन् तर मैले सम्झाए ।” बसन्तले भने । त्यसपछि उनले आफु विदेश जाने बेलामा श्रीमतीलाई सेक्स टोय उपहार दिएर गए ।

“यौन असन्तुष्टीलाई जति लुकायो त्यति नै खतरानाक हुन्छ ।” उनी भन्छन, “त्यसैले यसबारे दम्पत्तीबीच खुल्लमखुल्ला कुरा हुनुपर्छ ।” गोप्यरुपमा यौन पार्टनर खोज्नुभन्दा सेक्स टोय अति उत्तम ठान्ने उनी आफु  पनि सेक्स टोयको प्रयोग गर्ने गरेको स्वीकार्छन ।

काठमाडौंको न्यूरोडमा व्यापार गर्दै आएकी सम्झना थापाले पनि एक वर्षदेखि सेक्स टोय मार्फत नै आफ्नो यौन चाहना पूरा गर्दै आएकी छन् । श्रीमान कामको सिलसिलामा बाहिर गईरहने भएपछि उनले आफ्नो चाहना पूरा गर्न सेक्स टोयलाई अंगालेकी हुन् । उमेरले ४० कटेकी सम्झनासँग सेक्स टोयको प्रयोगले पतिसँगको सम्बन्ध, सामाजिक प्रतिष्ठा र स्वास्थ्यमा कुनै असर नपरेको अनुभव छ ।

इटहरीका राजु पौडेलको ३ बर्षअघि डिभोर्स भयो । डिभोर्सपछि उनले अरु यौन पार्टनर खोज्नु बेकार लाग्यो । एकातिर सामाजिक प्रतिष्ठाको विषय अर्काेतिर रोगको डर । त्यसैले उनले अन्तिम अन्तिम विकल्पका रुपमा सेक्य टोयलाई रोजेका छन् ।

अलग बसेका दम्पत्तीहरु मात्रै होईन सँगै बसेका दम्पत्तीहरु पनि यसको प्रयोग उत्तिकै गर्छन् । उमेर, चेतना र स्वास्थ्य अवस्थाका कारण दम्पत्तीहरुबीच यौन चाहना घटबढ हुने गर्छन । एउटाको चाहना बढी हुनु र अर्काेको चाहना हुँदै नहुनु यस्तो अवस्थामा यौनकै कारणले दम्पत्तीबीचको सम्बन्ध बिग्रिन जान्छ । यस्तो अवस्थामा पनि सेक्य टोय उत्तम विकल्प हुने गरेको छ ।

पुरातन सोचले छपक्कै छोपेको नेपाली समाज विस्तारै आधुनिकताता परिणत हुन थालेका छन् । कुनैबेला महिला र पुरुष सँगै हिड्दा समेत जिव्रो टोकेर कानेखुशी गर्ने हाम्रो समाज अहिले निकै बदलीसकेको बिटिएस कण्डम तथा सेक्स टोय हाउसका सञ्चालक सुजन गौतमको बुझाई छ । उनका अनुसार पछिल्लो समय सेक्स टोय प्रति नेपाली समाजको धारणा निकै फेरिसकेको छ ।

महिला–पुरुषबीचको यौनसम्बन्धलाई विभिन्न सामाजिक नीतिनियम र सांस्कृतिक मूल्य मान्यताले बाँध्ने परम्पराको थालनीदेखि नै मानिसमा वैकल्पिक यौन सुखप्रति आकर्षण र उत्सुकता शुरु भएको मानिन्छ । महिला–महिलाबीच र पुरुष–पुरुषबीचको यौनक्रिया पनि यस्तै उत्सुकताको परिणाम हो । जुन अहिले नेपालमा पनि अधिकारसँग जोडिएर आएको छ ।

आफ्नो यौन चाहना पुरा गर्न कुनै अर्को पार्टनरसँग शारीरिक सम्पर्क राख्नुभन्दा कृतिम उपाय नै सहज माध्यम बन्दैं गएको छ । यसको पछिल्लो उदाहरण काठमाडौं लगायतका देशका विभिन्न स्थानमा हुदैं आएको सेक्स टोयको व्यापारले पनि देखाउँछ ।

अहिले काठमाडौंसहित देशभर करिब ३० वटा सेक्ट टोय पसल छन् । आजभन्दा पाँच वर्ष पहिलासम्म सेक्स टोयप्रति नेपाली समाजको धारणा संकुचित थियो । तर अहिले भने परिवर्तन भईसकेको बिटिएस कण्डम तथा सेक्स टोय हाउसका सञ्चालक सुजन गौतम बताउँछन् ।

विशेष गरेर सम्भ्रान्त वर्गमा यौन सन्तुष्टिका लागि सुरक्षित तथा भरपर्दो माध्यमको रुपमा सेक्स टोय प्रयोग हुने क्रम बढिरहेको हो । विशेषत श्रीमान तथा श्रीमती विदेशिएका युवा–युवतीहरुको यसतिर आकर्षण बढेको गौतमको भनाई छ । कतिपय त श्रीमानहरुले विदेश जानुअघि श्रीमतीको लागि भनेर सेक्स टोय उपहारस्वरुप दिने गरेका छन् । र, प्रयोग गर्ने तरीका समेत सिकाएर जान्छन् ।

अर्को रोचक कुरा त के छ भने पछिल्लो समय युवा–युवतीहरुप्रति सेक्स टोयबारे जिज्ञाशा बढ्दो छ । गौतमका अनुसार अहिले सेक्स टोय प्रयोग गर्ने र किन्न आउनेहरुमा महिला पुरुषको संख्या बराबर छ ।

सेक्सको आनन्द लिनको लागि कुनैपनि भनेजस्तो पुरुष तथा महिला साथी नपाएको अवस्थामा महिला तथा पुरुषले सेक्स टोय मार्फत यौन सन्तुष्टि लिने गर्दछन् ।

यसका साथै विदेशमा श्रीमान हुने महिलाहरु अधिकांशले सेक्स टोयले सुरक्षित राख्ने गरेको पाईन्छ । यौनप्यास मेट्न जोखिम मोलेरै भएपनि केटा वा केटीको खोजी गरेर हिड्नेहरु आजभोली सेक्स टोयप्रति लोभिन लागेको सेक्स टोय व्यापारीहरुको बुझाई छ ।

पछिल्लो प्रविधिका महँगा ‘सेक्स टोय’ किन्ने नेपाली ग्राहक पढेलेखेका र हुनेखाने वर्गका छन् । पुराना प्रयोगकर्ताबाट थाहा पाएर थपिने नयाँ ग्राहक पनि दिन प्रतिदिन बढिरहेको उनको भनाई छ । महिलाहरू फोनबाट जानकारी लिएर किन्न आउने गरेका छन् ।

महिलाहरुको लागि महिला सेल्सम्यान नै राखिएको र उनीहरुले डेलिभरी गर्ने गरिएको गौतम बताउँछन् । पसलमै आएर धेरैबेर सोधखोज गरि मोलतोल गर्नेमा भने पुरुष बढी छन् ।

के हो सेक्स टोय ?
यो महिला र पुरुषको यौनान्द प्राप्तिका लागि प्रयोग गरिने कृत्रिम साधन हो । जसको स्वरुप महिला तथा पुरुष अंगको प्राकृतिक बनावट जस्तै हुन्छ ।

यो एकदमै उच्च स्तरको सिलिकनबाट बनेको हुन्छ । सिलिकनबाट बनेको हुनाले यसलाई छुँदा वा प्रयोग गर्दा प्राकृतिक झै अनुभव हुन्छ । यसको प्रयोगबाट सजिलै यौनान्द प्राप्त हुन्छ । यसमा प्रयोग गरिने भाइब्रेटरले अझ बढी उत्तेजना बढाई चरम सुखानुभूति गर्न सहयोग पुर्‍याउँछ ।

सेक्स टोय प्रयोगका फाईदा


यौनान्द प्राप्तिका लागि प्रयोग गरिने कृत्रिम साधन सेक्स टोयले अप्रत्यक्षरुपमा विभिन्न फाईदाहरु प्रदान गर्ने गर्छ । यौनका कारण कुण्ठित बनेर बस्नुपरेका महिला तथा पुरुषले यौन सन्तुष्टि लिन सजिलो भईरहेको छ । यौनकर्मीकहाँ जानुभन्दा सेक्स टोयको प्रयोग गर्नु बढी स्वच्छ र सुरक्षित हुन्छ ।

समाजमा बलात्कार जस्ता घटनामा कमी हुने अनुमान गरिएको छ । ईच्छा लागेको समयमा प्रयोग गर्न सकिने, यसबाट न कसैमाथि जोरजबर्दस्ती हुन्छ, न एचआईभी/एड्सलगायतका कुनै यौन रोग सर्ने डर नै हुन्छ । यसको कुनै पनि बेफाईदा नरहेको सञ्चालक गौतमको भनाई छ । बन्ने ठाउँमा ल्याब परीक्षण गरिएपछि मात्रै बजारमा आउने भन्दै कुनै पनि हानी नगर्ने उनको भनाई छ ।

नेपालमा पाईने सेक्स टोयः
नेपालमा महिला र पुरुष दुवैका लागि सेक्स टोयहरु पाईने गरेका छन् । महिलाहरुको लागि ३ हजारदेखि २० हजार तथा पुरुषका लागि २ हजारदेखि ३ लाख रुपैयाँसम्मका सेक्स टोयहरु बजारमा पाईन्छ ।

महिलाहरुको लागि भाईब्रेट, नन भाईब्रेट तथा पेनिस गरेर तीन प्रकारका यौन खेलौना पाईन्छन् । पुरुषहरुको लागि भने विभिन्न आकारमा पाईन्छन् । नेपालमा स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्रीलगायतका यौन सामग्री पाईन्छन् । काठमाडौंमा पछिल्लो समय फुल बडीको सेक्स टोय समेत उपलब्ध छ ।

इटहरी तथा धरान प्रमुख बजार
नेपालमा विशेषगरी सहरी क्षेत्रमा मात्र यसको व्यापार हुन्छ । ग्रामिण क्षेत्रमा यसको प्रयोग तथा व्यापार सुन्य छ । काठमाडौं, पोखरा, हेटौंडा, चितवन, बुटवल, इटहरी, धनगढी लगायतका शहरमा यसको प्रयोग बढ्दो छ । गौतमका अनुसार फोन तथा सामाजिक सञ्जाल मार्फत काठमाडौं उपत्यकाबाहिरबाट अर्डर गर्नेहरु पनि बढ्दै गएका छन् ।

नेपालको इटहरी तथा धरानामा बढी कारोवार हुने गरेको व्यापारीहरुको भनाई छ । सबैभन्दा इटहरी र धरानमा सेक्स टोयहरुको माग बढी हुने गरेको पाईन्छ । यी शहरर्सँगै देशभर नै कारोबार बढिरहेको छ ।

अप्राकृतिक माध्यबाट देहसुख दिने र कसैको सम्बन्ध उजाड नगर्ने भरपर्दो र सुरक्षित साधन सेक्स टोयको प्रयोग बढ्नुले अवैध सम्बन्धमा कमी तथा बलात्कारजन्य घटना न्यूनीकरणमा सहयोग भईरहेको गौतमको भनाई छ ।

नेपालमा बिक्री हुने सेक्स टोयहरु चीन, थाइल्यान्ड, जापान, मलेसिया र कोरियाबाट आयात गरिन्छ । विशेषगरी चीनबाट सेक्स टोयहरु बढी आउँछन् ।

यसको चुनौती
सेक्स टोयले मानिसलाई यौनकुण्ठाबाट मुक्त राखे पनि कृत्रिम यौन व्यवहारको लतले संवेदनहीनता बढ्दै जाने चिकित्सकहरुको बुझाई छ । नेपाली प्रयोगकर्ताहरू यसको सही प्रयोग गर्न र आनन्द लिन नसकेर विभिन्न मानसिक र शारीरिक समस्यामा पर्ने गरेको यौनरोग बिशेषज्ञ तथा साईकोलोजिष्ट बयोधा लम्सालको भनाई छ ।

अर्कोतिर यसले महिला पुरुषको सम्बन्धमा पनि कमी आउने डा. लम्सालको बुझाई छ । यौन आनन्दको लागि पनि महिला पुरुष एकअर्काप्रति आकर्षित हुने गरेको तर यसको प्रयोगले छुट्टै दुनियाँ हुन सक्ने उनले बताए ।

(यो सामाग्रीमा समावेश नामहरु परिवर्तित  हुन् ।)

Logo