भारतले आक्रमण गरे जवाफ फर्काउँछौ- पाकिस्तानी प्रधानमन्त्री

भारतले आक्रमण गरे जवाफ फर्काउँछौ- पाकिस्तानी प्रधानमन्त्री


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतलाई बिनाप्रमाण आरोप नलगाउन आग्रह गरेका छन्।

मंगलबार एक सम्बोधनमार्फत् उनले भारतले बिनाप्रमाण पाकिस्तानमाथि आरोप लगाएको दाबी गर्दै पाकिस्तानमाथि आक्रमण गरे कुनै सोच–विचारबिनै त्यसको जवाफ दिने बताएका छन् ।

भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा गत बिहीबार ४० सुरक्षाकर्मीको मृत्यु हुनेगरी भएको आत्मघाती आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भारतले आरोप लगाइरहँदा पाकिस्तानी प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको हो ।

‘पाकिस्तान स्थायित्वतर्फ अघि बढिरहेका बेला भारतले बिनाआधार किन आरोप लगाइरहेको छ ?’ भन्दै पाकिस्तानी प्रधानमन्त्रीले प्रश्न गरे ।पाकिस्तानी भूमिको प्रयोग गरेर कुनैपनि आक्रमण गरिए त्यो आफूहरुको पनि शत्रु भएकाले पाकिस्तानमै आएर जाँच गर्नसमेत उनले आग्रह गरे ।

प्रधानमन्त्री खानले कश्मिरको विषयमा छलफल गर्न भारतलाई आमन्त्रण समेत गरेका छन् ।

Logo