११ असार २०७९ शनिबार
1
1
1
1

0 Shares

आजबाट काठमाडौको फोहोर व्यवस्थापन हुने

1
1
1
1

काठमाडौँ

करिब तीन साता देखि रोकिएको उपत्यकाको फोहोर व्यवस्थापन सुचारु भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले आज सोमबार भित्र राजधानीको फोहोर व्यवस्थापन भइसक्ने दाबी गरेको छ ।

सिसडोल ल्लायन्डफिल साइटको बाटो बिग्रिएको कारण फोहोर व्यवस्थापन कार्यमा समस्या आएको थियो । वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरले लगातार पानी परेको कारण सिसडोलामा फोहोर व्यवस्थापन गर्न समस्या भएको जानकारी गराए । उनले पानी पर्ने क्रम रोकिएसँगै उपत्यकाको फोहोर व्यवस्थापन सहज भएको बताए ।

तर टेकुस्थित एक मात्र ट्रान्सफर स्टेसन फोहोरले भरिएको छ । ट्रान्सफर स्टेसनमा फोहोर भरिए पनि उपत्यकाको शहरको फोहोर संकलन गरिएको छ । ‘ट्रान्सफर स्टेसनको केही दिन लाग्न सक्छ, आज सम्म राजधानीको सडकको फोहोर उठाइसक्नेछौं ’ –कुँवरले भने । कामपाले दैनिक करिब ५ ट्रक फाहोर व्यवस्थापन गरिरहेको छ ।

फोहोरले पूर्ण रुपमा भरिएको सिसडोल ल्यान्डफिल साइटको अवस्था बिग्रदै गएको छ । यही अवस्थामा फोहोर व्यवस्थापन भए करिब तीन महिनामा ल्यान्डफिल साइट पूर्ण रुपमा भरिनेछ । सरकारले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराखेको कारण वर्षातमा दैनिकजसो समस्या पर्दै गएको छ । कति दिन फोहोरको डंगुरमा बाटो बनाउँदै फोहोर व्यवस्थापन गर्ने ? यस्तो गम्भीर विषयमा सरकारले ध्यान नदिए समस्या पर्ने देखिएको विभागीय प्रमुख कुँवरले बताए ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: ७ साउन २०७५ ०७:२२ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी