यी हुन् प्रतिबन्ध लागेका तर चर्चित बनेका १० गीत (भिडियोमा)

यी हुन् प्रतिबन्ध लागेका तर चर्चित बनेका १० गीत (भिडियोमा)


काठमाडौं । यतिबेला लोक गायक पशुपति शर्मा र उनको गीत ‘लुट्न पाए लुट कान्छा’ चर्चामा छन् । चर्चामा मात्र होईन भाईरल नै बनेको छ । उक्त गीतमा समावेश गरिएको केही शब्द असान्दर्भिक भएको भन्दै विरोध भएपछि उनले युट्युवबाट गीत हटाएका थिए ।

गीत हटाएपछि उनी र उनको गीत निकै चर्चामा आयो । गीत भाइरल हुनुमा उनको गायकी थिएन बरु त्यसमा प्रयोग गरिएको शब्द थियो । गीतको शब्दले वर्तमान समाजमा मौलाइरहेको भ्रष्टचार, बलात्कार, घुसखोरी आदि विषयलाई चोटिलो ढंगले प्रहार गरेको थियो ।

यो गीत भाइरल भएसँगै सत्तापक्षका कार्यकर्ता पशुपति विरुद्ध खुला रुपमै उत्रिए । गायक पशुपतिले गीतमाथि भएको आलोचना खेप्न सकेनन् र गीत युट्युबबाट हटाइदिए ।

कहिले गीतले जागरणको कुरा गर्छ । कहिले गीतले सन्देश प्रवाह गर्छ । कहिले गीतले आक्रोस ओकल्छ । गीत एक हतियार पनि हो । यसको माध्यामबाट कतिपय मुद्दाहरु छेड्ने गरिन्छ । गीतले कहिले विद्रोेहको भाषा बोल्छ । पश्चिमी भूगोलमा हिप्अप संगीतको रचना बिद्रोहकै भाषा ओकल्न गरिएको हो । हामीकहाँ पनि यस्तो अभ्यास हुने गरेको छ ।

यो गीत मात्रै चर्चामा आएको होईन यो भन्दा पहिला पनि धेरै गीत चर्चामा आएका हुन् । यो भदा पहिला तुलसी घिमिरेको हिमाल जलेर ज्वाला भएछ, रामेसले गाएका पञ्चायती व्यवस्था विरोधी जनबादी गीतहरु पनि प्रतिबन्धको शिकार बने ।

त्यस्तै कोमल ओलीको शिवजीलाई बदमास भन्दै गाईएको तीज गीत पनि विवादमा तानिएको थियो । उनको तीज गीत ‘धत्तेरिका शिवजी रैछौ बदमास…’ लाई नेपाल टेलिभिजनले प्रतिबन्ध नै लगाएको थियो । प्रतिबन्ध लगाएपछि यो गीत झन भाइरल भयो ।

त्यस्तै वर्तमान अवस्थालाई व्यंग गर्दा प्रतिबन्धमा परेको पशुपति शर्माको लुट्न सके लुट जस्तै ‘पुर्खाले लडे नालापानी अब लड्छौ कालापानी…’ गीतमा धेरै मिडियाले प्रतिबन्ध लगाएका थिए त्यसको रोचक प्रशंग के थियो भने उक्त गीतले जनआक्रोश बढ्ने भन्ने थियो ।

सिमानाको बारेमा उठाएका कुरा, नेपालीहरुको आक्रोस, धेरै बर्ष देखि थिचिएको कुराहरुलाई गीतमार्फत प्रस्तुत गरिएको थियो । तर नेपाल टेलिभिजनसहित इमेज च्यानल र नेपालवान समेतले प्रशारणमा रोक लगाएको थियो । थप तलको भिडियोमाः

Logo