केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

रोजगार कार्यक्रम शुभारम्भदेखि जनयुद्ध दिवस बहिस्कारसम्म

रोजगार कार्यक्रम शुभारम्भदेखि जनयुद्ध दिवस बहिस्कारसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

जनयुद्ध दिवस पार्टीलाई मान्य हुनै सक्दैन- माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई जनयुद्ध दिवस मान्य हुनै नसक्ने बताएका छन् । जनकपुरधाममा आज कबिर अनाथ बाल वात्यसल्य आश्रममा नेता नेपालले भने, ‘यो प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन। पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौं।’

पार्टी एकताको काम केही दिनमा नै सकिन्छ- प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताएका छन् । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उनले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताएका हुन् ।

रोजगार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्रीले सुनाए भैंसी र बोक्सीको प्रसंग

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रमका बीच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले सुनाएको २ प्रसंगले धेरैको ध्यान तान्यो।

प्रधानमन्त्री रोजगार कार्यक्रममा कसरी सहभागी हुने ? (प्रक्रिया सहित)

सरकारले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ। आज एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गरेका हुन् ।

सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको हो । पाँच वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रका लागि रोजगार संयोजकको भर्ना प्रक्रिया चलिरहेको छ । फागुन २० गतेसम्ममा रोजगार संयोजक नियुक्त गरिने भएको छ ।

समायोजित कर्मचारीहरुको विवरण सार्वजनिक, को कहाँ ?

सरकारले समायोजन भएका कर्मचारीहरुको विवरण सार्वजनिक गरेको छ । माघ २१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार समायोजन भएका कर्मचारीहरुको विवरण सार्वजनिक भएको हो ।

प्रचण्डलाई खुल्ला पत्र

मनमुटुभरि महत्त्वाकाङ्क्षी सपनासहित हजारौँ कर्मठ पाखुराहरूलाई जबर्जस्ती बन्दुक भिराएर कथित जनयुद्ध प्रारम्भ गरेको आज ठ्याक्कै चौबीस वर्ष पूरा भएछ । शिक्षाको पवित्र ज्ञानगङ्गामा घोत्लिँदै कलमले कापीमा आफ्ना सपना सजाउने उमेरका हजारौँ विद्यार्थीलाई भयङ्कर ठूला कर्णप्रिय आश्वासन देखाउँदै सिङ्गो मातृभूमिलाई युद्धको विभीषिकामा होमेको पनि कति छिट्टै दुई सय अठासी महिना सकिएछन् ।

डीपीएल: घरेलु टिम धनगढीको लगातार तेस्रो हार

१२ एसपीको काज सरुवा, कञ्चनपुरमा फेरि नयाँ एसपी

हत्कडीसहित फरार अभियुक्त गोली हानेर पक्राउ

यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा, कप्तान तोकिएन

डीपीएल: काठमाडौंको लगातार दोस्रो जित, महेन्द्रनगरको दोस्रो हार

प्रचण्डसँगको फोटो राख्दैं बाबुरामले यसरी सम्झिए जनयुद्ध दिवस

देश समाजबादको महायात्रामा अघि बढ्यो- प्रचण्ड

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

आइजिपी र गुप्तचर प्रमुख भारत प्रस्थान

उपत्यका प्रहरी: २१२ जनालाई कारवाही, ३१२ जना पुरस्कृत

कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार र उपरजिष्ट्रारमाथि हातपात

राज्यविरोधी शक्तिसँग सजग रहन गृहमन्त्रीको निर्देशन

राजकुमारीलाई उम्मेदवार बनाउन खोजेपछि पार्टी विघटन !

अन्तर्राष्ट्रिय कण्डम दिवस, यौन सम्बन्धको सबैभन्दा भरपर्दो माध्यम

‘बैनावट्टा’ को शुभमुहुर्त, जनजातीहरुको कथा र सँस्कृति समाबेश

फाइनलमा पुग्न नेपालले इरानलाई जित्नैपर्ने

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo