दह्रो घर दिगो बस्ती कार्यक्रम अन्तर्गत ईन्जिनियर तालिम सम्पन्न

दह्रो घर दिगो बस्ती कार्यक्रम अन्तर्गत ईन्जिनियर तालिम सम्पन्न


भीमदत्त
दह्रो घर दिगो बस्ती कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिका, कंचनपुरमा ३ दिने ईन्जिनियर तालिम माघ २४ देखि २६ सम्म आयोजन गरियो ।

भीमदत्त नगरपालिका, NSET र NEA सुदुरपश्चिम प्रदेश कमिटी को संयुक्त आयोजनामा सुरु गरिएको कार्यक्रमको उद्घाटनसमारोहमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट, NEA प्रदेश कमिटीका उपसभापति ई. सन्तोश पाण्डेयको उपस्थिती रहेको थियो । उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख बिष्टले कार्यक्रमको सफलताको शुभकामना दिदै, तालिमले सहभागीको क्षमाता अभिबृदी गर्नेमा आफु बिश्वस्त रहेको र, नगरलाई सम्भाबित भूकम्पको जोखिमबाट जोगाउन सबै मिलेर लाग्नु पर्ने बताउनु भएको थियो ।

राष्ट्रिय भवन निर्माण सन्हितामा केन्द्रित, २८ जना सहभागी उक्त तालिममा सहभागीलाई, नक्सा पास प्रणाली, NEA र काम गर्दा फिल्डमा आइपर्ने बिबिध बिषयमा छलफल गरिएको थियो । तालिम समापन कार्यक्रमका सभापती नगरपालिकाका ईन्जिनियर हिमालय सिंह ऐर, प्रमुख अतिथी NEA सुदुरपश्चिम कमिटी सभापती ई. लबप्रसाद जोशी रहनु भएको थियो ।

समापन समारोहमा बोल्दै ईन्जिनियर हिमालय सिंह ऐरले नगरपालिकाले भवन निर्माण संहिता लागु गरिसकेको र नगरभित्रका भवनहरुलाई बलियो बनाउन अब हामी सबै लाग्नु पर्ने अनि मात्रै हामीले भने जस्तो दरो घर दिगो बस्ती बनाउन सकिने कुरा बताउनु भयो ।

कार्यक्रम मा बोल्दै सभापति जोशीले सुरक्षित भवन वा बस्ती निर्माणको लागि गर्नपर्ने काममा NEA को साथ र सहयोग सधै रहने र, सबैले आआफ्नो ठाउँबाट गर्न सकिने काम इमन्दारितापूर्वक गर्ने सके मात्रै दरो घर दिगो बस्तीको सपनालाई सबै मिलेर साकार पार्न सकिने कुरा बताउनु भएको थियो ।

ई. तोरण भट्टले नगरपालिका भित्रनै बिश्वबिद्यालय रहेको, भवन निर्माण संहितालाई घरधनी , डकर्मी सम्म पुर्याउन पर्ने र डिजाइन गरेर जस्तोसुकै भवनलाई पनि बलियो बनाउन सकिने कुरा बुझाउन र सुरक्षित भवनका निमित्त नक्सापास का साथसाथै अनुगमनलाई पनि दरिलो बनाउन पर्नेमा जोडदिनु भएको थियो ।

Logo