हुम्लामा दुई महिनासम्म हिउँको ओछ्यान हिउँकै सिरानी

हुम्लामा दुई महिनासम्म हिउँको ओछ्यान हिउँकै सिरानी


हुम्ला

दश बर्षपछि हुम्ला लगायत साविकको कर्णाली अञ्चलमा ठुलो हिमपात हुँदा स्थानिय बासीलाई अबको दुई महिनासम्म हिउँको ओछ्यान हिउँकै शिरानी भएको छ ।

पाँच पटकसम्म परेको हिमपातले सदरमुाम सिमीकोटमा करिव ४ फिट भन्दा बढी हिउँ जमेर जनजीवन अस्तब्यस्त बनाएको छ । हिमपातका कारण आवतजावत गर्न कठिन भएको छ । हिमपातले शुक्रबार नाम्खा गाउँपालिकामा बगिरहेको कर्णाली नदी केहिबेर थुनिएको भए पनि शनिबार पुन बग्न सुचारु भएको प्रहरी नायवउपरिक्षक रबिन श्रेष्ठले बताए ।

अपांग छात्रछात्राको छानो उडाएको छ भने खार्पूनाथ ठेहेमा गरि ३ वटा घर भत्काएको पनि प्रहरी नायव उपक्षिक श्रेष्ठले जानकारी दिए । जिल्लाको उत्तरी भेग नाम्खा गाउँपालिकामा ५ फिट हिउँ जमेकाले जनजीवन निक्कै प्रभावित हुनुका साथै जिल्लाको उक्त गाउँपालिका सम्पर्क विहिन भएको छ ।

हिमपातका कारण जंगली जनावर गाउँघर नजिकै झर्ने गरेका छन् भने चोरी शिकारी पनि निक्कै बढ्न थालेको छ । बाक्लो हिमपातका कारण एक मात्र हवाई सेवा ४ दिनदेखि अबरुद्ध भएको हुम्ला विमान स्थलले जनाएको छ । हवाई सेवा अबरुद्ध हुँदा सुर्खेत नेपालगञ्जबाट सिमकोट यात्रा गर्ने यात्रुहरु अलपत्र भई बेखर्चि भएको गुनासो गरेका छन् । सिमकोट बजार हावाहुरीका कारण बन्द नै रहेको छ । खाद्यन्न अभाब बढ्दै गएको छ । गाई बस्तु गोठभित्रै सुको घाँस खुवाएर राखेको स्थानिय बासी बुदे रावतले बताए ।
राजधानीबाट

Logo