अरुण तेस्रो आयोजनास्थल नजिकै बम विष्फोट

अरुण तेस्रो आयोजनास्थल नजिकै बम विष्फोट


संखुवासभा

संखुवासभाको पुखुवाखोला दोभानमा निर्माणाधीन अरुण तेस्रो आयोजनाको पावरहाउस नजिकै दुई वटा बम विष्फोट गराइएको छ ।

गएराति पावरहाउसदेखि करीब १ सय १५ मिटर पूर्वमा बम पड्कँदा दुई वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । बम किन र कसले पड्कायो भन्नेबारे हालसम्म खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगामी ३ वर्ष सम्म उत्पादन हुने गरि काम भइरहेको अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।

Logo