रुकुम पूर्वमा सदरमुकामको विषयमा विवाद चर्कियो : सुरक्षा व्यवस्था कडा

रुकुम पूर्वमा सदरमुकामको विषयमा विवाद चर्कियो : सुरक्षा व्यवस्था कडा


काठमाडौं

रुकुम पूर्वमा सदरमुकामका लागि दुई पक्षबीच तानातान भएपछि अस्थायी जिल्ला सदरमुकाम रुकुमकोटको सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले रुकुम पूर्वको सदरमुकाम गोलखाडा राख्ने निर्णय गरेकाले कार्यान्वयनको माग गर्दै अस्थायी सदरमुकाम रुकुमकोटमा प्रदर्शन गर्ने तयारी भएपछि आइतबार साँझदेखि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

दुई पक्षबीच झडप हुने सम्भावना भएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । शान्ति सुरक्षाका लागि बुधबार बुटवलबाट थप सुरक्षाकर्मी हेलिकोप्टरबाट झिकाइएको छ । हेलिकोप्टरले दुई पटक गरी सुरक्षाकर्मी रुकुमकोट ओरालेको थियो ।

गोलखाडा पक्षधर बुधबार ज्ञापन पत्र बुझाउनका लागि हजारौंको संख्यामा आउने खबर पाएपछि प्रशासनले थप सुरक्षाकर्मीको माग गरेको हो । यसअघि पनि रुकुम पश्चिमबाट सुरक्षाकर्मी रुकुमकोट झिकाइएको थियो । तत्कालीन सरकारको निर्णय कार्यान्वयन गर्न माग गर्दै ज्ञापन पत्र बुझाउन आएका गोलखाडावासी ज्ञापन पत्र नबुझाई फर्किएका छन् । प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र बुझ्न नमानेको उनीहरुको आरोप छ ।
नयाँ पत्रिकाबाट

Logo