केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

गृहमन्त्रीको उद्घोषदेखि रोजगार कार्यक्रमसम्म

गृहमन्त्रीको उद्घोषदेखि रोजगार कार्यक्रमसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

सार्वजनिक बिदा नराखी छापियो २०७६ सालको पात्रो

सार्वजनिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ ।

जब महेश बस्नेतले दिलिप विष्टलाई कञ्चनपुरको एसपी बनाए

सत्तारुढ दल नेकपा सांसद महेश बस्नेतले संसद बोल्दैं मानवअधिकारकर्मी र पत्रकारहरुले निर्मला पन्त प्रकरण उचालिरहेको आरोप लगाए । प्रतिनिधिसभा बैठकमा बोल्दैं सांसद बस्नेतले कञ्चनपुरकी निर्मला हत्या प्रकरणलाई मानवअधिकारकर्मी र पत्रकारहरुले बेचीखाने विषय बनाएको आरोप लगाए ।

गृहमन्त्री भन्छन्, ‘निर्मलाका हत्यारा जहाँ भए पनि छोड्दिन्’

गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त हत्याका हत्यारा जहाँ रहे पनि नछाडिने बताएका छन् । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले निर्मलाका हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने प्रतिबद्धता जनाएका हुन् ।

८ बर्षिय बालकको अनुत्तरित प्रश्न-‘बाबालाई किन आगो लगाउने ?’

८ वर्षको अवोध बालक । जसले आफ्नै बाबुलाई दागबत्ती दिए । उनलाई के भईरहेको छ भन्ने केही थाहा थिएन् । अरुले भनेको भरमा उनी बाबु राखिएको चितामा आगो लगाउन अघि बढे । बुवालाई चितामा सजाएर ‘आगो लगाउ’ भन्दै उनको हातमा दागबत्ती दिइयो ।

सरकारले ल्याउँदैं प्रधानमन्त्री रोजगार कार्यक्रम, फागुन १ मा घोषणा गरिदैं

सरकारले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको घोाषणा गर्दैछ । बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरिने भएको हो । त्यसको आवश्यक तयारी भईरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

पूर्वाञ्चल बिश्वबिद्यालयको चलखेलले बिद्यार्थी मारमा

पूर्वाञ्चल बिश्वबिद्यालयले २०७३ मङ्सिर ५ गते स्नातकोत्तर कार्यक्रम संचालन सम्बन्धमा एउटा सूचना प्रकाशन गरेको थियो। सूचनामा स्नातकोत्तर कार्यक्रम संचालन गर्न इच्छुक कलेजहरुलाई आवेदन दिन अनुरोध गरिएको थियो।सूचना प्रकाशन भएको १५ दिनभित्र करिब आधा दर्जन कलेजले अनुमति माग्दै निबेदन दर्ता गराए। इच्छुक कलेजहरुले प्रति स्नातकोत्तर कार्यक्रमलाई ५२ हजार रुपैयासहित निबेदन बुझाएका थिए।

निर्मलाको सम्झनामा बन्ने बाल उद्यानको निर्माण कार्य सुरु

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा बाल उद्यान निर्माण सुरु गरिएको छ । निर्मलाले पढने विद्यालय सरस्वती माध्यमिक विद्यालय महुलिया, उल्टाखाममा २ कठ्ठा जग्गामा बाल उद्यान निर्माण सुरु गरिएको हो ।

विषादीको बढ्दो प्रयोग र न्यूनीकरणको उपाय

आजदेखि प्रदेश नं १ बाट पनि श्रम स्वीकृति पाइने

टिप्परको ठक्करबाट राजधानीमा एक जनाको मृत्यु : अर्का एक घाइते

जेठीलाई घरनिकाला गरी कान्छी बिहे

५ मिनेट पनि ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी

ल्होछारका लोभलाग्दा दृष्यहरु (भिडियोमा)

परपुरुषसँग विवाह गर्ने योजना बनाएपछि विष खुवाई ४ वर्षे छोराको हत्या

डाक्टरले आफ्नै ड्राइभरको हत्या गरेर पाँच सय टुक्रा पारे

ट्रम्प र किमको दोश्रो भेटवार्ता तय

अन्ना हजारेको अनिश्चितकालीन अनसन तोडियो

सुशान्त र अप्सनाको ‘रुमालै छ चिनो’ को पोष्टर सार्वजनिक

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Logo