हतियारसहित तीन पक्राउ

हतियारसहित तीन पक्राउ


उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् ।

उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए  । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्का लागि खानतलासी गर्दा उनीहरु हतियारसहित पक्राउ परेका थिए । उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जनाइएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूले धादिङमा बहाल रहेको अवधिमा प्राप्त गरेको भत्तावापतको रु ४१ हजार ३९९ जिल्ला लैङ्गिक हिंसा निवारण कोषलाई हस्तान्तरण गरेका छन् ।

Logo