सार्वजनिक बिदामा काम गर्ने कर्मचारीलाई दैनिक ५ सय भत्ता : गण्डकी प्रदेश

सार्वजनिक बिदामा काम गर्ने कर्मचारीलाई दैनिक ५ सय भत्ता : गण्डकी प्रदेश


पोखरा

सार्वजनिक बिदामा काम गर्ने सरकारी कर्मचारीले दैनिक ५ सय रुपैयाँ भत्ता पाउने भएका छन् । शनिबार सहित अन्य सार्वजनिक बिदामा सरकारी काम गर्ने कर्मचारीलाई प्रदेश सरकारले दैनिक ५ सय रुपैयाँ ओभरटाईम भत्ता दिने भएको हो । यस्तै कार्यालय समय भन्दा २ घण्टा अघि/पछि काम गर्ने कर्मचारीले २ सय ५० रुपैयाँ भत्ता पाउनेछन् ।

मन्त्रिपरिषदको आईतबारको बैठकले मुख्यमन्त्री सहित मन्त्री तथा सरकारी कर्मचारीहरुको खर्च मापदण्ड सम्बन्धि कार्यविधी पारित गरेको छ । अबदेखि यो कार्यविधी अनुसार नै मुख्यमन्त्री, मन्त्री र कर्मचारीहरुले पाउने भत्ता तथा अन्य सुविधा निर्धारण भएको छ ।

इन्धनमा दोहोरो सुविधा, स्वकीय सचिवहरुको भत्ता बढि लगायतका विषयमा समाचार प्रकाशन भएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले मापदण्ड तयार पारेको हो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार खर्चमा मितव्ययीता अपनाउनको लागि सरकारले कार्यविधी पारित गरेको हो।

कार्यविधी अनुसार मुख्यमन्त्रीले प्रदेशभित्रका जिल्लाका कार्यक्रममा जाँदा २ जना मात्र सहयोगी लान पाउने छन् । मन्त्रीहरुको हकमा पनि २ जनामात्रै सहयोगी जानेछन् । प्रदेश बाहिर भने मुख्यमन्त्रीसँग ४ जना र मन्त्री सहित सभामुख/उपसभामुखसँग ३ जनामात्र सहयोगीको रुपमा जान पाउनेछन् । मापदण्डभन्दा बढि गएमा उनीहरुले भत्ता पाउने छैनन् ।
नागरिकबाट

Logo