रंगशाला बनाउने घोषणा गरेकै दिन ‘धुर्मुस-सुन्तली’ लाई साढे ३ करोड सहयोग

रंगशाला बनाउने घोषणा गरेकै दिन ‘धुर्मुस-सुन्तली’ लाई साढे ३ करोड सहयोग


काठमाडौं । ‘धुर्मुस सुन्तली’ फाउन्डेसनले चितवनमा क्रिकेट रंगशाला बनाउने घोषणा गरेकै दिन सोढ ३ करोड रुपैयाँ आर्थिक सहयोगको प्रतिबद्धता आएको छ ।

गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौतामा फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भएसँगै सहयोगको प्रतिबद्धता आउने क्रम सुरु भएको हो । सम्झौता घोषणा कार्यक्रममै विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरेका हुन् ।

एस ट्राभल्सले ३ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएको छ । त्यस्तै अल्का हस्पिटलले २५ लाख दिने प्रतिबद्धता जनाएको छ । रवीराज सिंहले ११ लाख, आर एम ग्रुपका कृष्ण आचार्यले ५ लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट ५ लाख सहयोगको प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै चर्चित गायक बद्री पंगेनी १ लाख १ हजार १ सय ११, प्याब्सनकी दिपिका थापाले १ लाख १० हजार, मह सञ्चारले १ लाख ५ हजार ५, हास्य टेलिश्रृंखला भद्रगोल टिमले एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले पनि जनही १र१ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

रंगशाला निर्माण सम्झौताको घोषणा गरेकै दिद झण्डै साढे तीन करोड सहयोगको प्रतिवद्धता आएको हो । अढाई वर्षका निर्माण कार्य सक्ने लक्ष्य राखिएको रंगशालाको लागत करिब ३ अर्ब अनुमान गरिएको छ ।

धुर्मुस भन्छन्, ‘जनस्तरबाटै ३ अर्ब जुटाएर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँछौं’

 

Logo