२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

आज गणेश चौथी पर्व मनाईंदै : गणेश मन्दिरहरुमा भक्तजनहरुको भीड

1
1
1
1
1
1

काठमाडौं
आज भाद्र शुल्क चौथी अर्थात् गणेश चौथी । देशभरका हिन्दू धर्मावलम्बीले गणेशको पूजाआजा गरी गणेश चौथी पर्व मनाउँदै छन् ।  गणेश चौथीका अवसरमा देशभरका गणेश मन्दिरहरुमा भक्तजनहरुको घुईंचो लागेको छ ।

हरितालिका तीजको भोली पल्ट आज गणेश चौथी हो । हिजो ब्रत बसेका महिलाहरुले आज विहानै गणेशको पूजा गरि दिनभर नाचगान र ब्रत बस्ने गर्छन् । यसदिन कसैको हानी नोक्सानी पुर्याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ । त्यसैले यसदिन चौथी हान्ने गरिएको पनि पाइन्छ । यद्यपी उक्त विषयलाई हिजोआज भने त्यति महत्व दिन नहुने संस्कृतिविद्हरुको भनाई छ । भोली ऋषिपञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रुपमा समापन हुन्छ ।

आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा सहित भक्तजनको भीड लागेको छ । गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु लड्डु बोकेर पुगेका छन् ।

कुनै पनि धार्मिक कार्य सुरु गर्नु अघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ । गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, समयबजी, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । 

प्रकाशित: २८ भदौ २०७५ ०६:४३ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी