भावनालाई रोजे प्रताप दासले ( भिडियो सहित )

भावनालाई रोजे प्रताप दासले ( भिडियो सहित )


नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासले माघ महिनामा विवाहको कुरा गरेका छन् । उनले गायिका भावना आचार्यसँग विवाहको कुरा गरेका हुन् ।

नेपाल आईडल सिजन वानमा प्रताप दास निक्कै चर्चामा थिए । उनले उक्त सिजनमा तेस्रो उपाधि समेत जितेका थिए । त्यसपछि उनी निरन्तर चर्चामा छन् । उनै प्रतापको गायनमा रहेको ‘बग्ने खोला बगी गो’ बोलको सार्वजनिक गीतमा प्रताप दाससँगै गायिका भावना आचार्यले गाएकी छिन् ।

दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतमा चर्चित अभिनेता पल शाहले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा पलसँग निशा पुरीले साथ दिएकी छिन् ।

यसअघि बग्ने खोला बगि गो को बोल गीत मार्फत आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन सफल भावनाको यो लोक भाकाको अर्को गीतमा नायक पल शाहले विबाहको कुरा गरेका छन् । माघ महिनामा पलले विबाहको कुरा गर्दा उनलाई निशा पुरीले साथ दिएकी छिन् ।

देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि स्वयम निर्देशकले नै गरेका छन् । भावनाको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिकृया पाएकी गायिका यो गीतलाई लिएर निक्कै उत्साहित देखिन्छिन् । हेरौं बग्ने खोला बगी गोको म्यूजिक भिडियो :

Logo