ड्रोन सम्बन्धी कार्यविधि ल्याउने सरकारको तयारी

ड्रोन सम्बन्धी कार्यविधि ल्याउने सरकारको तयारी


काठमाडौँ

भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन जफत ग¥यो र उडाउने व्यक्ति नियन्त्रणमा परे । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, पक्राउ व्यक्तिले घरमा लगाइएको पूजाको भिडियो खिच्न सम्वन्धित निकायको स्वीकृति नलिई ड्रोन उडाएको बयान दिए ।

त्यस्तै लगनखेलमा भने त्यतिकै शोखका लागि छतमा बसेर अरूलाई ड्रोन उडाउन सिकाइरहेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । ड्रोन आयात गर्नुभन्दा उडाउन स्वीकृति लिन झन्झटिलो भएकाले आफूखुशी उडाइएको भनाई ती ड्रोन चालकको छ ।

त्यस्तैं स्वीकृति नलिइ ड्रोन उडाएको भन्दै सोलुखुम्बुबाट पनि प्रहरीले केही दिनअघि एक विदेशीलाई नियन्त्रणमा लिएको थियो । तर ती विदेशीले ड्रोन उडाउनका लागि स्वीकृति लिनुपर्छ भन्ने ज्ञान नहुँदा गल्ती भएको स्वीकारेपछि नउडाउने शर्तमा उन्मुक्ति पाए ।

गृह मन्त्रालयका अनुसार, नेपाली आकासमा ड्रोन उडानसम्वन्धी कार्यविधि झन्झटिलो हुँदा स्वीकृत नलिई आफूखुशी ड्रोन उडाउने समस्या बढ्दै गएको छ । शान्तिसुरक्षाका दृष्टिकोणले संवेदनशील ड्रोन आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने सम्भावना प्रवल छ । गृहका प्रवक्ता रामकृष्ण सुवेदीले ड्रोनक्यामेराको बढ्दो प्रयोगसँगै उडान कार्यविधि नै परिवर्तन गर्नुपरेको बताउनुहुन्छ ।

यसरी समस्या वढ्दै गएपछि ड्रोन उडाउनका लागि स्थानीय निकायबाट नै स्वीकृति पाउने गरी कार्यविधि निर्माण भइरहेको जानकारी गृह प्रवक्ता सुवेदीले दिनुभयो । गृह, सञ्चार तथा सूचना प्रविधि, पर्यटन तथा नागरिक उड्डयन, वातावरण, वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, पुरातत्व विभाग लगायत सरकारका विभिन्न निकायबाट सिफारिसपत्र ल्याउनुपर्ने हुन्छ । सोही सिफारिस कागजपत्रका आधारमा गृह मन्त्रालयले ड्रोन उडाउन स्वीकृति दिने गर्छ ।
गोरखापत्रबाट

Skip This
Logo