सुन्दा अचम्म लाग्छ,देवघाटमा भेटियो बढ्ने ढुङ्गा (भिडियोमा)

सुन्दा अचम्म लाग्छ,देवघाटमा भेटियो बढ्ने ढुङ्गा (भिडियोमा)


नेपालकै पवित्र तिर्थस्थल देवघाटधाममा रहेको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम एक ऐतिहासिक मन्दिर हो । उक्त मन्दिर पाल्पाका राजा मणि मुकुन्द सेनको पालामा निर्माण भएको हो भन्ने किंवदन्ती पाईन्छ ।

पाल्पाका राजा मणि मुकुन्दसेनले पुर्वेली राज्यहरु जित्दै सिन्धुलीगढी सम्म पुगेपछि उनले तनहुँ जिल्लाको देवघाटमा आएर तपस्या गर्न थालेका थिए ।

उक्त चक्रवर्ती मन्दिर भित्र परापूर्वकालमा राखिएको सानो शिला अहिले बढेर ठूलो आकारको बनेको छ । माझीको जालमा पटक पटक परेपछि उक्त शिलालाई मन्दिर बनाएर राखिएको जानकारहरु बताउँछन् ।

त्यसै विषयमा केन्द्रित रहेर हामीले आश्रमका अध्यक्ष भवानी तिमिल्सेनासँग कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त भिडियो कुराकानीः

Logo