दूरसञ्चार प्रदायकको सरकारलाई तीन अर्ब बक्यौता

दूरसञ्चार प्रदायकको सरकारलाई तीन अर्ब बक्यौता


काठमाडौँ

दूरसञ्चार सेवा प्रदायक संस्थाले २ अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता रकम सरकारलाई तिर्न बाँकी रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अर्थ समितिको बैठकमा दूरसञ्चार सेवा प्रदायक संस्थाहरूले झन्डै ३ अर्ब रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको जानकारी दिएका हुन् ।

नेपालमा हाल १५३ वटा दूरसञ्चार सेवा प्रदायक संस्थाहरूका छन् । फ्रिक्वेन्सी दस्तुर, रोयल्टी रकम, नवीकरण दस्तुर, ग्रामीण दूरसञ्चार कोष लगायत गरेर सरकारलाई रकम बुझाउन बाँकी रहेको मन्त्री बास्कोटाको बताए ।

सबैभन्दा बढी स्मार्ट टेलिकम प्रालिले १ अर्ब ४० करोड ७६ लाख ५८ हजारभन्दा बढी रकम बुझाउन बाँकी छ । त्यसैगरी युनाइटेड टेलिकम लिमिटेडले सरकारलाई ७९ करोड ४२ लाख ९५ हजारभन्दा बढी रकम बुझाउन बाँकी छ । उक्त कम्पनीले हालसम्म कुनै पनि सेवाबापतको दस्तुर रकम सरकारलाई नबुझाएको पनि बताइएको छ ।

मन्त्री बास्कोटाले सरकारले सो बक्यौता रकम उठाउन पटकपटक ताकेता गरे पनि कानुनी जटिलताका कारण सेवा प्रदायक संस्थाहरूबाट असुली गर्न नसकिएको स्पष्टीकरण पनि दिए । उनले दूरसञ्चार ऐनले अन्य विकल्प पनि खोज्न नदिएकाले काम भने उनीहरूलाई नै दिनुपर्ने बाध्यता रहेको पनि स्पष्ट पारेका थिए ।
राजधानीबाट

Logo