प्रधानमन्त्रीलाई श्रृंखलाको प्रश्न, ‘निर्मलाका हत्यारा कहिले पत्ता लाग्छ ?’

प्रधानमन्त्रीलाई श्रृंखलाको प्रश्न, ‘निर्मलाका हत्यारा कहिले पत्ता लाग्छ ?’


काठमाडौं । मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटका क्रममा विभिन्न विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले मिस वल्र्डमा टप १२ मा पुगेर नेपालको शिर उचो पारेमा बधाई दिएका थिए । भेटका क्रममा श्रृंखलाले विभिन्न विषयमा प्रधानमन्त्रीसँग जिज्ञाशा राखेकी थिईन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले निर्मला पन्तको विषयमा श्रृंखलासँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले निर्मलाका लागि न्याय दिलाउन भईरहेको प्रयासबारे श्रृंखलालाई जानकारी गराएका थिए । श्रृंखलाले पर्यटन वर्ष २०२० को लागि आफुले गर्ने कामका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएकी थिईन् ।

मिस वर्ल्डमा टप १२ मा पुगेर नेपाल फर्किएपछि श्रृंखलाले देशको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना रहेको बताएकी थिईन् । फिल्म तथा चलचित्र क्षेत्रबाट आफु टाढा रहेर देश र समाजको सेवामा सक्रिय हुने बताएपछि उनको चर्चा चुलिएको थियो । मिस वर्ल्डमा पनि उनको निकै चर्चा चलेको थियो ।

Logo