सभामुख महरामाथि किन खनिए कांग्रेस सांसद ? (भिडियोमा)

सभामुख महरामाथि किन खनिए कांग्रेस सांसद ? (भिडियोमा)


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले सभामुख कृष्णबहादुर महराले सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन नचाहेको आरोप लगाएका छन ।

नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्धय दिलेन्द्रप्रसाद बडु र डा. डिला संग्रौलाले आईतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रश्न गर्न नदिएबाट सभामुख महरा सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन गम्भिर नरहेको पुष्टि भएको दावी समेत गरे ।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सांसद बडुले सरकारलाई संसदप्रति जवाफदेही बनाउन प्रधानमन्त्रीको वक्तव्यमाथि सांसदहरुले निर्बाध प्रश्न गर्न पाउने अधिकारलाई सभामुखले हनन् गरेको आरोप लगाए ।

आईतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यमाथि सभामुखले तत्काल प्रश्न गर्न दिएका थिएनन् । त्यसप्रति काँग्रेस सांसदहरुको आपत्ति छ ।

अर्का सांसद डिला संग्रौलाले प्रधानमन्त्रीसँग प्रश्न गर्ने अधिकार लत्याएको भन्दै सभामुख महराप्रति असन्तुष्टि व्यक्त गरिन् । उनले संसद विपक्षको भएको उल्लेख गर्दै आफूहरु प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने व्यवस्था स्थापित गराउन लागिपर्ने अडान राखिन् ।

Logo