पाँचथरमा हावाबाट बिजुली उत्पादन सुरु

पाँचथरमा हावाबाट बिजुली उत्पादन सुरु


पाँचथर

मिक्लाजुङ–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ । सप्तमी बजारका एक सय दश घरधुरी लाभान्वित हुने गरी वायु र सौर्य उर्जाको समन्वयबाट बिजुली निकालिएको हो ।

दुई बर्ष अघि परिक्षणका लागि राखिएको वायु उर्जाको टावरबाट पुष पहिलो सातादेखि विजुली उत्पादन सुरु भएको हो । टावरमा जडान गरिएको दुई वटा विन्डर (पङ्खा) मार्फत् २० किलोवाट विजुली उत्पादन भइरहेको उपभोक्ता समिति अध्यक्ष गंगा आङदेम्बेले बताए । उनका अनुसार वायु उर्जाबाट २० र सौर्य उर्जाबाट ५० गरी ७० किलोवाट विजुली उत्पादन भइरहेको छ । सौर्य उर्जाका लागि एक सय ५२ वटा सोलार प्यानल राखिएका छन् ।

बर्षौंदेखि बिजुली बत्तिको सुबिधा उपभोग गर्नबाट बञ्चित रहेका सप्तमी बजारबासी वायु–सौर्य उर्जा मार्फत् विजुली बाल्न पाएपछि खुसी भएका छन् । सप्तमी सौर्य–वायु उर्जा मिनी ग्रिड योजना मार्फत बजारबासीलाई बिजुली बत्तिको पहुँचमा पु¥याइएको उपभोक्ता समिति अध्यक्ष आङदेम्बेले बताए । एसियाली विकास बैंकको चार करोड ५० लाख रुपैंयाँ आर्थिक सहयोग तथा कूल लागतको दश प्रतिशत स्थानीयको लगानिमा वायु–सौर्य उर्जाबाट विजुली निकालिएको हो ।
राजधानीबाट

Skip This
Logo