काठमाडौं उपत्यकामा आज ५३० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा आज ५३० जनामा कोरोना पुष्टि


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ५३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८८ हजार ३०२ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ९९५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार ३५९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ९ हजार ५५६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ जना पुगेको छ । आज १ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ । आज मात्र २१ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ७३ रहेको छ ।

आजको पिसिआर परीक्षण ८५ हजार ८३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ४६ हजार ३३० रहेको छ । आज १६ हजार ६३३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo