वीरगन्जमा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान, क्याम्पस इकाई उपाध्यक्षघाइते

वीरगन्जमा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान, क्याम्पस इकाई उपाध्यक्षघाइते


वीरगन्ज । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकताबीच खुकुरी हानाहान भएको छ। नेविसंघको जिल्ला अधिवेशनको विषयमा विवाद हुँदा दुई गुटबीच खुकुरी हानाहान भएको हो।

कांग्रेस पर्साको पार्टी कार्यालय परिसरमा भएको खुकुरी प्रहारबाट नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पसका इकाई उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन्।

घाइते अन्सारीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेविसंघकै कार्यकर्ता रोशन सिंहले खुकुरी प्रहार गरेको इकाई अध्यक्ष मनोज साहले जानकारी दिए।

बुधबार साँझ पार्टी कार्यालयमा छलफल चलिरहेका बेला कार्यालय परिसरमा जम्मा भएका नेविसंघका कार्यकर्ताबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो ।

तनाव बढ्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेविसंघ पर्साको जिल्ला अधिवेशनका लागि कांग्रेस केन्द्रीय कार्यालयले पर्सामा केन्द्रीय प्रतिनिधिका रुपमा सहमहामन्त्री लक्ष्मीभक्त खनाललाई खटाएको छ।

खनाल र कांग्रेस पर्साका सचिव श्याम पटेलको उपस्थितिमा पार्टी कार्यालयमा छलफल चल्दै गर्दा कार्यालय परिसरमा रहेका दुई गुटका कार्यकर्ताबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो।

Logo