कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रको प्रस्ताव दर्ता गरिदैं

कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रको प्रस्ताव दर्ता गरिदैं


काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रको प्रस्ताव दर्ता हुने भएको छ । कांग्रेस महासमिति सदस्यहरुले नेपाललाई हिन्दु राष्ट्रको हैसियतमा फर्काउन दबाब दिदैँ बैठकमा छलफलका लागि प्रस्ताव दर्ता गराउन लागेका हुन् ।

हिन्दु धर्मको विषयमा छलफल प्रस्तावका लागि ६ सय ९३ जना महासमिति सदस्यहरुको हस्ताक्षर संकलन भएको र आज १२ बजेभित्रै उक्त प्रस्ताव दर्ता गराइने महासमिति सदस्यहरुले बताएका छन् ।

६ सय ९३ जना महासमिति सदस्य र अन्य नेताहरु सहित ११ सय जनाको हस्ताक्षर संकलन भइसकेको र उक्त प्रस्ताव दर्ता गराईने बैतडीका कांग्रेस महासमिति सदस्य उत्तरबहादुर ऐरले जानकारी दिए ।

कांग्रेसको महासमिति बैठकमा छलफलको एजेण्डा बन्न चार सय जना महासमिति सदस्यको समर्थन चाहिने प्रावधान रहेको छ । हिन्दु राष्ट्रका पक्षमा संकलन गरिएको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई समेत बुझाईनेछ ।

Logo