निर्मलाकी आमाद्वारा ८ प्रहरीविरुद्ध उजुरी दर्ता

निर्मलाकी आमाद्वारा ८ प्रहरीविरुद्ध उजुरी दर्ता


काठमाडौँ

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्त र सोही घटनाका अभियुक्तको रुपमा सार्वजनिक गरिएका दिलिपसिंहका दाजु खडकसिंह बिष्टले उजुरी दिएका छन् । दुर्गादेवीले ८ जना प्रहरी विरुद्ध सार्वजनिक न्याय विरुद्धको कसुर सम्बन्धी किटानी जाहेरी दिएकी छन् ।

उनले तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज बिष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, तत्कालिन कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदिशप्रसाद भट्ट, प्रहरी नायब निरीक्षकद्वय रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध जाहेरी दिएकी हुन् ।

कञ्चनपुरका प्रहरी प्रमुख कुवेरसिंह कडायतले उजुरी दर्ता भएकाले कानुनअनुसार प्रकृया बढेको बताए ।
नयाँ पत्रिकाबाट

Logo