११ असोज २०७९ मंगलबार
1
1
1
1

भीम रावलले भने - कुनै संस्थाको स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन : एसिया प्यासिफिक सम्मेलन

1
1
1
1

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कसैको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

शुक्रबार देखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनको ट्वीटरमार्फत सांकेतिक विरोध गर्दै नेता रावलले राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सरकारलाई आग्रह गरेका छन् ।

दक्षिण कोरियाली संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनलाई केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएको छ । धर्म प्रचारक संस्थाका रुपमा परिचित यूपीएफको नेपाल च्याप्टर अध्यक्ष एकनाथ ढकाल रहेका छन् । उनी नेकपाका नेता पनि हुन् । ढकालकै जोडबलमा सुरुमा सरकार एसिया प्यासिफिक सम्मेलनको सह आयोजक बनेको थियो ।

जसको प्रमख प्रतिपक्षी नेपाली कांग्रेस सहित चौतर्फी विरोध भएपछि सरकार सम्मेलनको सह आयोजकबाट हट्दै सहयोगी मात्रै बनेको छ । साथै सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतको विषय पनि विवादमा परेको छ । कुटनीतिक मर्यादा मिचेर पाहुनाको स्वागत गरेको भन्दै आलोचना भइरहेको छ । पाहुनाको स्वागतमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त्रिभुवन विमानस्थल पुगेका थिए । यस्तो बेला नेकपाका प्रभावशाली नेता रावलले सरकार र पार्टी कुनै व्यक्ति र संस्थाको स्वार्थका लागि दुरुपयोग भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाएका हुन् ।

उनले भनेका छन्, ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्यो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।’ नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि सम्मेलनलाई लिएर सरकारको भूमिकाको विरोध गरेका छन् ।
नागरिकबाट

प्रकाशित: १५ मंसिर २०७५ ०६:३६ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी